सरकार फेरबदलको कुरा भएको छैन : महामन्त्री शर्मा
मंसिर १९, २०८० मंगलबार
काठमाण्डौ – सिन्धुपाल्चोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना युवाको ज्यान गएको छ । मेलम्चीबाट बाह्रबिसे जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरले घुमाउने डाँडामा ठक्कर दिँदा नवीन पाण्डे र समिर दोङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
दुवै जना सिन्धुपाल्चोककै हुन् । उनीहरु सांगठनिक कामको लागि मेलम्चीबाट बाह्रबिसे जाँदै थिए । ज्यान गुमाएका नवीन पाण्डे अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक र समिर तामाङ जिल्ला कमिटि सदस्य थिए । ठक्कर दिने ट्याङ्कर र चालकलाई प्रहरीले समातेको छ ।