साउनमा १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, श्रम स्वीकृति लिने भने घटे

 भदौ ३१, २०८० आइतबार १६:४४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा एक खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा रेमिट्यान्स १५ दशमलव ८ प्रतिशतले बढेर एक खर्ब १६ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको साउनमा रेमिट्यान्स २० प्रतिशले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स साढे २१ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ ।

यस्तै साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्यामा १२ दशमलव १ प्रतिशतले कमी आई ३९ हजार एक सय ५२ जना कायम भएको छ ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या साढे १९ प्रतिशतले कमी आई १६ हजार चार सय २३ जना रहेको छ । अघिल्लो वर्षको साउनमा विदेश जाने श्रम स्वीकृति लिनेको सङ्ख्या साढे ७५ प्रतिशतले बढेको थियो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया