अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक, चालु खाता र शोधानान्तर अवस्था बचतमा

 भदौ ३१, २०८० आइतबार १६:५८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक देखिएका हुन् । 

गएको असारको तुलनामा २ दशमलव २ प्रतिशतले बढेर विदेशी मुद्राको सञ्चिति १५ खर्ब ७३ अर्ब रुपैयाँ नाघेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ११ अर्ब ८५ करोड पुगेको छ ।

यस्तै चालु खाता १२ अर्ब ९९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको साउनमा चालु खाता १५ अर्ब १३ करोड रुपैयाँले घाटामा रहेको थियो ।

यस्तै साउनमा शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको साउनमा शोधनान्तर स्थिति १९ अर्ब ७६ करोड रुपैयाँले घाटामा रहेको थियो ।

अर्थतन्त्रका धेरै सूचक सकारात्मक रहे पनि सेवा खाता भने नकारात्मक रहेको छ । साउनमा खुद सेवा आय ११ अर्ब २७ करोड रुपैयाँले घाटामा रहेको छ । सेवा खाताअन्तर्गत विदेशीले नेपालमा गर्ने खर्च अर्थात् भ्रमण आय ६२ दशमलव ६ प्रतिशतले बढेर ४ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको साउनमा यस्तो आय २ अर्ब ७० करोड  रुपैयाँ रहेको थियो ।

आयसँगै भ्रमण व्यय अर्थात् नेपालीले विदेशमा गर्ने खर्च पनि साउनमा ५४ प्रतिशतले वृद्धि भई १७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यसमध्ये वैदेशिक शिक्षाका लागि १० अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया