साउनमा मूल्यवृद्धि साढे ७ प्रतिशत

 भदौ ३१, २०८० आइतबार १८:४६:१७ | रासस
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५२ प्रतिशत रहेको छ । गएकाे साउनमा सार्वजनिक भएकाे मौद्रिक नीतिमा मूल्यवृद्धि साढे छ प्रतिशतको सीमाभित्रै राख्ने भने पनि साउनमा महँगी सात दशमलव ५२ प्रतिशतले बढेको हाे ।

नेपाल राष्ट्र बैंकले आज आइतवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनामा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि आठ दशमलव ९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि छ दशमलव ४२ प्रतिशत बराबर रहेको छ ।

यो अवधिमा सबैभन्दा धेरै मूल्यवृद्धि हिमाली क्षेत्रमा ११ दशमलव ४६ प्रतिशत बराबर रहेको छ । त्यस्तै काठमाण्डाै उपत्यकामा आठ दशमलव ५०, तराईमा छ दशमलव ७० र पहाडमा सात दशमलव ५० प्रतिशत मूल्यवृद्धि देखिएको छ ।

गएकाे साउनमा आयात एक दशमलव छ प्रतिशतले, निर्यात आठ दशमलव सात प्रतिशतले र कुल वस्तु व्यापार घाटा शून्य दशमलव सात प्रतिशतले घटेको छ ।

साउनमा सरकारको खर्च ३५ अर्ब चार करोड र राजस्व परिचालन ७८ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । यो अवधिमा विस्तृत मुद्राप्रदाय दुई दशमलव चार प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत आधारमा भने यस्तो मुद्राप्रदाय १० दशमलव आठ प्रतिशतले बढेको छ ।

साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन दुई दशमलव तीन प्रतिशतले घटेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा शून्य दशमलव एक प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ दशमलव नौ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव आठ प्रतिशत रहेको छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया