स्वास्थ्यकर्मीलाई सुरक्षा दिन सरकार तयार छ : गृह सचिव भट्टराई
असोज १२, २०८० शुक्रबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको आरोप लगाउनुभएको छ । आफूमाथि पशुपतिमा ‘सुनको भनेर पित्तलको जलहरी चढाएको’ आरोप लगाएर सरकारले विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी गरेको ओलीको जिकिर थियो ।
आज आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘बढ्दो महँगी र उपभोक्ता हित’ विषयक विचार गोष्ठीमा उहाँले सरकारले ‘चिलतिर औँलो देखाएर कुखुरा उडाएको शैलीमा’ क्विन्टलका क्विन्टल सुन तस्करी गरेको आराेप लगाउनुभयाे । अध्यक्ष ओलीले माअोवादी नेता कृष्णबहादुर महराका बाबुछोराप्रति सङ्केत गर्दै साढे नौ केजी सुन तस्करी गर्नेलाई बचाउनका लागि दुई सय ९४ पटक फोन सम्पर्क गर्नेलाई सरकारले केही पनि नगरेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो । वर्तमान सरकार उपभोक्तामाथि संस्थागत रूपमै गैरजिम्मेवार रहेको भन्दै उहाँले उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्यबाट च्युत नहुन पनि सचेत गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘उपभोक्तामाथि संस्थागत रूपमै राज्य गैरजिम्मेवार छ । साढे नौ केजी सुन पक्राउ पर्याे त्यो कहाँ गयो, के भयो, अत्ताेपत्तो छैन । त्यस प्रकरणमा को कोका बाउछोरा, के–के भयो रे । उनीहरूलाई बचाउन दुई सय ९४ पटक सम्पर्क गरेको देखियो, भन्सारमा कुदेर गएको पाइयो । हाउसमा पशुपतिमा सुन चढाए भनेर पित्तल चढाइयो भनेर एउटा सत्ताधारी गुटका सांसद कराए । मैले त्यति बेलै पशुपतितिर ध्यान मोडेर के गर्न खोजिराखेका छन् भनेको हाे । एअरपोर्टबाट क्विन्टलका क्विन्टल सुन ओसारपसार चलाउने उद्योग रहेछ त्यहाँ । त्यो उद्यम उतातिर चलाउने, यता पशुपतिमा सुन तौलिने लगाउने । चिलतिर देखाउने, यता कुखुरा उडाउने । यो खालको तरिकाहरू राज्यबाट भइराखेको छ ।’
ओलीले आफ्नो पार्टीले आमउपभोक्ताको हितका लागि सरकारको पनि ध्यानाकर्षण गराउने बताउनुभयाे । आमउपभोक्ताको हित संरक्षणका लागि गरिबी निवारणमा जोड दिनुपर्ने उहाँकाे भनाइ छ ।