अस्ट्रेलियासँगको एकदिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

 असोज १, २०८० सोमबार ६:४१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अस्ट्रेलियासँगको एकदिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले जितेको छ । पाँच खेलको शृङ्खला दक्षिण अफ्रिकाले ३–२ ले जितेको हो ।

जोहानेसबर्गमा हिजो भएको निर्णायक खेलमा घरेलु टोलीले पाहुना टोली अष्ट्रेलियालाई एक सय २२ रनको फराकिलो अन्तरले हरायो । पहिलो दुई खेलमा हार ब्यहोरेको दक्षिण अफ्रिकाले त्यसपछिका तीन खेल जित्यो।

अन्तिम खेलमा दक्षिण अफ्रिकाले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो । जितका लागि ३ सय १६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १ सय ९३ रनमा अलआउट भयो ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया