शेयर बजार ४ अङ्कले बढ्याे

 असोज १, २०८० सोमबार १६:१०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज साेमवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव २६ अङ्कले बढेर एक हजार नौ सय ६९ दशमलव १८ विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूहबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै इमर्जिङ नेपाल र थ्री स्टार हाइड्रो पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि शुभम् पावर कम्पनीको शेयर १० प्रतिशतले घटेकाे छ ।

आज २८ लाख ७४ हजार कित्ता शेयर ८७ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीको नौ करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

अन्तिम अपडेट: असार ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया