शिक्षा मन्त्रालयले बोलाएको आजको वार्तामा शिक्षक महासङ्घ नबस्ने, भोलि शान्तिपूर्ण प्रदर्शन गर्ने

 असोज २, २०८० मंगलबार ७:४६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शिक्षा मन्त्रालयले आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घलाई आज वार्ताका लागि बोलाएको छ । तर, आज शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नबस्ने महासङ्घले जनाएको छ ।

शिक्षा मन्त्रालयसँग यसअघि पनि पटक पटक वार्तामा बसेको तर निकास ननिस्किएको भन्दै महासङ्घले वार्तामा सरकार प्रमुखसहित सरोकारवाला अन्य निकाय पनि हुनुपर्ने माग गरेको छ ।

‘हामी वार्तामा बस्दै नबस्ने भन्ने होइन, तर आज शिक्षा मन्त्रालयसँग मात्रै छलफल गर्दैनौँ । सरकार प्रमुखसहित सरोकारवाला सबै निकायसँग वार्ता हुने भए मात्र सहभागी हुन्छौँ’,महासङ्घकी अध्यक्ष कमला तुलाधरले भन्नुभयो । शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै भोलि काठमाण्डौमा मार्च पास गर्दैछ ।

भोलि माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्ने महासङ्घले जनाएको छ । प्रदर्शनमा देशका ७७ जिल्लाका शिक्षक सहभागी हुनेछन् । प्रदर्शनमा सहभागी हुन शिक्षकहरु काठमाण्डौ आउँदैछन्।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया