सुनको भाउ बढेर तोलाकाे १ लाख १३ हजार रुपैयाँ पुग्यो

 असोज २, २०८० मंगलबार ११:४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ बढेर आज तोलाको एक लाख १३ हजार रुपैयाँमा पुगेको छ । आजको भाउ हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले धेरै हो ।

हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि बढेको छ ।

तोलामा ५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तिम अपडेट: असोज ७, २०८०

तपाईको प्रतिक्रिया