नेपालमा अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

सरकारले तिर्ने वैदेशिक ऋण र महँगी बढ्ने, रेमिट्यान्स पठाउनेलाई भने फाइदा

 असोज २, २०८० मंगलबार १४:१४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज मङ्गलवार नेपाली बजारमा अमेरिकी डलरको भाउको खरिददर १ सय ३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ५४ पैसा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि नेपाली मुद्रा अमेरिकी डलरसँग यति कमजोर बनेको थिएन ।

हिजो साेमवार भारतीय मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर बनेपछि आज नेपाली बजारमा डलर महँगो भएको हो । डलरको भाउ बढ्दा रेमिट्यान्स पठाउनेहरूलाई फाइदा भए पनि बाँकी सबैतर्फ नेपाललाई घाटा हुन्छ । नेपालको निर्यात व्यापार निकै कम भएको र आयात चुलिँदो अवस्थामा रहेका कारण डलरको भाउ बढ्दा महँगी बढ्नुका साथै डलर सञ्चितीमा सरकारलाई दबाब पर्ने गर्छ ।

यस्तै सरकारले तिर्ने ऋणको साँवा र ब्याज भुक्तानीसमेत बढ्ने गर्छ । डलरसँगै युरो र पाउन्डको भाउ पनि बढेको छ । आज नेपाली बजारमा युरोको खरिद मूल्य १ सय ४ रुपैयाँ ८६ पैसा छ भने बिक्री मूल्य १ सय ४२ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै बेलायती पाउन्डको खरिद मूल्य १ सय ६४ रुपैयाँ ९० पैसा र बिक्री मूल्य १ सय ६५ रुपैयाँ ६४ पैसा रहेको छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया