शेयर बजार १६ अङ्कले बढ्यो, १ अर्ब १७ करोड रुपैयाँको कारोबार

 असोज २, २०८० मंगलबार १५:१३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ विन्दुमा पुगेको छ ।

आज होटल र व्यापारबाहेक अरू सबै समूहको शेयर उकालो लागेको छ । आज जलविद्युत्, विकास बैंक र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज सबैभन्दा धेरै शुभम् पावर, थ्री स्टार हाइड्रो र मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले तथा बलेफी हाइड्रो, अभियान लघुवित्त, पिपुल्स हाइड्रो र राप्ती हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको शेयर आठ प्रतिशले घटेको छ ।

आज दुई सय ७२ वटा कम्पनीका ४३ लाख ३६ हजार कित्ता शेयर कारोबार भएका छन् । ५० हजार दुई सय पटक भएका कारोबारमा एक अर्ब १७ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै रियायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीको १० करोड छ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया