देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा भइरहेकाे छ : मदनकृष्ण श्रेष्ठ

 असोज २, २०८० मंगलबार १८:५१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा भइरहेको बताउनुभएको छ ।

आज मङ्गलवार काठमाण्डाैमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले अहिले पहिलाको दाँजोमा नराम्रो कामले जितेको दाबी गर्नुभयो । उहाँले अहिले भ्रष्टाचार, अत्याचार, नातावाद, कृपावाद पहिलाको भन्दा बढेको भन्दै दुःख व्यक्त गर्नुभयो । श्रेष्ठले अहिले विकृति झनै मौलाइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले भ्रष्टाचारको पराकाष्ठा भइरहेको छ । तस्करको पराकाष्ठा भइरहेको छ । पहिलाको दाँजोमा नराम्रो कामले धेरै जितेको छ । त्यो बेला सबै राम्रो होइन तर अहिले झनै धेरै विकृति बढ्यो ।’

कार्यक्रममा वरिष्ठ कलाकार श्रेष्ठलाई पुरस्कृत गरिएकाे थियाे । उहाँले अहिले अवार्ड पाउँदा आफूले गरेका काममा स्याबासी पाएको महसुस भएको बताउनुभयो ।

अन्तिम अपडेट: असोज ३, २०८०

तपाईको प्रतिक्रिया