संविधान दिवसकाे अवसरमा राष्ट्रपतिबाट ६ सय ७० जना कैदीकाे सजाय मिनाहा

 असोज २, २०८० मंगलबार १९:५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६ सय ७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले भोलि बुधवारदेखि लागू हुने गरी ६ सय ७० जनाको माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले निकाल्नुभएको विज्ञप्तिमा ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी सजाय माफी गर्ने मन्त्रिपरिषद्को सिफारिसबमोजिम असोज ३ गतेदेखि लागू हुने गरी संविधान दिवस २०८० को अवसरमा माफी मिनाहा भएको उल्लेख छ ।्

भोलि संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संविधान दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । 

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया