पढाइ रोकेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने दुधौली नगरपालिकाको चेतावनी

 असोज २, २०८० मंगलबार २०:६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सिन्धुलीको दुधौली नगरपालिकाले कानुन विपरीत विद्यालय बन्द नगर्न शिक्षकहरूलाई चेतावनी दिएको छ ।

शिक्षकहरू आन्दोलनमा सहभागी हुन विद्यालय बन्द गर्ने सूचनाका सन्दर्भमा विज्ञप्ति निकाल्दै नगरपालिकाले कानुन विपरीत विद्यालयमा नियमित पठनपाठन नगरेको पाइएमा कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।

नगरपालिकाले निकालेको विज्ञप्तिमा आफ्ना माग कानुन बमोजिम सम्बन्धित निकायमा राख्न पाउने अधिकार भए पनि आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन गर्न नहुने उल्लेख छ ।

नगरपालिकाका प्रवक्ता दीपक खड्काले निकाल्नुभएको विज्ञप्तिमा शिक्षा मन्त्रालयले बोलाएको वार्तामा समेत सहभागी नभई आन्दोलनका कार्यक्रम घोषणा गरेको पाइएको भन्दै विद्यालय बन्द नगरि नियमित पठनपाठन गराउन भनिएकाे छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया