ग्लोबल आईएमई बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

 असोज २, २०८० मंगलबार २०:३२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ग्लोबल आईएमई बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त हुनुभएकाे छ ।

बैंकको सञ्चालक समितिले रेग्मीलाई २०८० असोज १ गतेदेखि लागू हुने गरी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।

झन्डै तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ वैशाखमा नायब प्रबन्धक तहबाट ग्लोबल आईएमई बैंकमा प्रवेश गर्नुभएकाे थियाे । बैंकमा विगत १५ वर्षदेखि कार्यरत रेग्मी यसअघि नायब प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्याे । उहाँसँग बैंकिङ क्षेत्रको झन्डै ३५ वर्ष लामो अनुभव रहेको छ ।

रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकाेत्तर (अर्थशास्त्र) तथा युनिभर्सिटी अफ वेल्सबाट एमबीए गर्नुभएकाे छ ।

ग्लोबल आईएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ अपरेशन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, एसएमई र खुद्रा व्यापार, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङकाे सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रूपमा परिचित हुनुहुन्छ ।

अन्तिम अपडेट: असोज ३, २०८०

तपाईको प्रतिक्रिया