शिक्षकहरुको आन्दोलनका कारण आज पनि काठमाण्डौमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्बिरसहित)

 असोज ४, २०८० बिहीबार १२:३८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शिक्षकहरूको आन्दोलनका कारण आज पनि काठमाण्डौमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । माइतीघर, बिजुलीबजार हुँदै बानेश्वरसम्म सडकमा गाडी सहजरुपमा चल्न सकेका छैनन् ।

जाम बढेको ट्राफिक प्रहरीले जनाएको छ । यात्रुलाई समस्या भएको छ । शिक्षकहरुले आज दोस्रो दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । यो क्षेत्रमा हिजो पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो ।

आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षक प्रतिनिधिबीच शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापनलगायतका विषयमा छलफल भएको थियो । शिक्षक महासङ्घले विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएको छ ।

संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा विभिन्न जिल्लाबाट शिक्षकहरु आन्दोलनका लागि काठमाण्डौमा आएका छन् । आन्दोलनकै कारण आज सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया