शिक्षकहरूकाे आन्दाेलन अनियन्त्रित बन्दै, काठमाण्डाैकाे ट्राफिक व्यवस्थापन अस्तव्यस्त

 असोज ४, २०८० बिहीबार १४:४९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – काठमाण्डौमा भइरहेको शिक्षकहरूको आन्दोलन अनियन्त्रित बन्न थालेको छ । आन्दोलनरत शिक्षकहरूले आज बिहीवार निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ जाने प्रयास गरेका छन् । उनीहरूलाई सुरक्षाकर्मीले रोकेका छन् ।

माइतीघर मण्डलाबाट नारा जुलुससहित आन्दोलन गर्दै गएका शिक्षकहरूले नयाँ बानेश्वरको प्रहरी घेरा तोड्ने प्रयास गरिरहेका हुन् । प्रहरी र शिक्षकबीच धकेलाधकेलसमेत भएको छ । आन्दोलनलाई मर्यादित बनाउन भन्दै ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

शिक्षकहरूले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध हिजो बुधवारदेखि नै देशभरको विद्यालय बन्द गरेर काठमाण्डाैमा विरोध प्रदर्शन गरिरहेका छन् । देशभरबाट एक लाखभन्दा बढी शिक्षक आन्दोलनमा सहभागी भएका शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो । शिक्षकको आन्दोलनका कारण झन्डै ५४ लाख जना बालबालिकाको पढाइ ठप्प भएको छ ।

यसैबीच शिक्षकहरूको विरोध प्रदर्शनले काठमाण्डाै ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । शिक्षकहरूले माइतीघर–नयाँ बानेश्वर सडकमा प्रदर्शन गरेकाले त्यस क्षेत्रमा गाडी आवागमन अवरुद्ध भएको हो । ट्राफिक प्रहरीले नयाँ बानेश्वर चोक र माइतीघरबाट गाडी 'डाइभर्सन' गरेको छ । तर प्रदर्शनका कारण भित्री सडकहरूमा समेत लामो जाम परेको छ ।

तस्बिर : अभिषेक घिमिरेकाे फेसबुकबाट

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया