देशको अर्थतन्त्र उजिल्याउन प्रधानमन्त्रीको गम्भीर चासो
मंसिर २२, २०८० शुक्रबार
बाँके – बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार जना भारतीय पक्राउ परेका छन् ।
जहाजमा काठमाण्डाै जाने तयारीमा रहेका भारतको मध्य प्रदेशका उनीहरूलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा अमित सोलङ्की, सचिव कुकरेजा, कमल बन्सारी र अर्का अमित रहेका छन् ।
उनीहरूले सेकेन्ड ह्यान्ड मोबाइल बनाउन काठमाण्डाै जान लागेको जिकिर गरेका छन् । प्रहरीले चोरीको मोबाइल काठमाण्डाैमा बेच्न लैजान लागेको शङ्का गरेको छ । उनीहरूलाई भन्सार पठाउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले बताउनुभयो ।