शिक्षकहरूले विद्यालय नै बन्द गरेर गरिरहेको आन्दोलनप्रति आयोगकाे गम्भीर ध्यानाकर्षण

 असोज ४, २०८० बिहीबार १७:५७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शिक्षकहरूले विद्यालय नै बन्द गरेर गरिरहेको आन्दोलनप्रति मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति असन्तुष्टि जनाउँदै देशैभरका विद्यालय बन्द गरेर शिक्षकहरूले काठमाण्डौमा आन्दोलन गरिरहेकाेप्रति मानव अधिकार आयोगले आज बिहीवार विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

शिक्षकले आफ्नो वृत्ति विकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकूल नै भए पनि विद्यालय बन्द गरेर पठनपाठन अवरुद्ध गर्नुले बालबालिकाको शिक्षाको अधिकारको उल्लङ्घन भएको विज्ञप्तिमा उल्लेख छ । शिक्षकको आन्दोलनबाट विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्ष असर पुगेको आयोगको भनाइ छ ।

आयोगले आफ्ना माग राख्न विद्यालय बन्दबाहेकको विकल्प खोज्न, वार्ताको माध्यमबाट समस्याको समाधान गर्न र आन्दोलनमा हिंसात्मक अवस्था सिर्जना हुनसक्नेतर्फ सचेत हुन आन्दोलनरत शिक्षकलाई आग्रह गरेको छ । यस्तै आयोगले शिक्षकका जायज माग वार्ताबाट सम्बोधन गर्न सरकारको समेत ध्यानाकर्षण गराएको जनाएको छ ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया