माथिल्लो तामाकोशीले शेयर बाँडफाँड गर्दा नपरेको दोलखालीको पैसा सोमबारदेखि फिर्ता गर्ने

 कात्तिक १६, २०७५ शुक्रबार १८:५८:२ | उषा तामाङ
unn.prixa.net

दोलखा – माथिल्लो तामाकोशी हाइड्रोपावरले शेयर बाँडफाँड गर्दा नपरेको पैसा सोमबारदेखि फिर्ता सुरु हुने भएको छ । 

माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीले सोमबारदेखि प्राथमिक सेयर (आईपीओ) बाँडफाँडमा नपरेको पैसा फिर्ता दिने भएको हो । शेयर खरिदका लागि दोलखावासीले ३ हजार देखि ३० हजारसम्मको आवेदन दिएका थिए । शेयर बाँडफाँडका क्रममा बाँकी रहेको रकम लगानीकर्ताले शेयर आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खाताबाटै फिर्ता पाउनेछन् ।

खातामा पैसा फिर्ता नभएमा लगानीकर्ताले आफूले आवेदन दिएको बैंक तथा वित्तीय संस्थामा गएर चेकमार्फत् रकम फिर्ता लिन सक्नेछन् । कम्पनीले गएको साउन १६ गतेदेखि भदौ २१ गतेसम्म आवेदन दिएका दोलखाली नागरिकको पैसा फिर्ता गर्न लागेको हो । 

माथिल्लो तामाकोशीले आयोजनाप्रभावित स्थानीयलाई बिक्री गरेको एक करोड ५ लाख ९० हजार कित्ता आईपीओ बुधबार बाँडफाँड गरेको थियो । २ लाख ७६ हजार २ सय १५ जना स्थानीय नागरिकले ३ करोड ७७लाख ११ हजार ९ सय ६० कित्ता सेयरका लागि आवेदन दिएका थिए । 

आयोजना अतिप्रभावित क वर्गका नागरिकलाई १ सय २ कित्ताका दरले ५ लाख १० हजार ९ सय ५० कित्ता शेयर बाँडफाँड गरिएको थियो । 

त्यसैगरी योजनाको सडक र प्रशारण लाइनले छोएका तत्कालीन गाविसका बासिन्दा अर्थात ख वर्गका सम्पूर्ण आवेदकलाई ४८ कित्ताका दरले जम्मा ३७ लाख ७७ हजार ५ सय ८६ कित्ता शेयर बाँडफाँड गरिएको थियो । 

जिल्लाका अन्य नागरिकहरु ग वर्गका ४० कित्ता शेयर माग गर्ने आवेदकहरुलाई ३२ कित्ता र ५० कित्तादेखि ३ सय कित्ता शेयर माग गर्ने आवेदकहरुलाई ३४ कित्ताका दरले जम्मा ६२ लाख ९९ हजार ८ सय ६६ कित्ता शेयर बाँडफाड गरिएको थियो । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया