यू–१९ विश्वकप क्रिकेट : नेपालकाे पहिलाे खेल न्युजिल्यान्डसँग

 असोज ५, २०८० शुक्रबार १५:३५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिकाे विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग खेल्ने भएको छ । यो खेल २०२४ को जनवरी १३ तारिखमा हुने छ ।

दोस्रो खेलमा नेपालले जनवरी १७ मा पाकिस्तानसँग खेल्नेछ । त्यस्तै नेपालले समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग जनवरी २० तारिखमा खेल्नेछ ।

श्रीलङ्कामा हुने यो विश्वकप सन् २०२४ को जनवरी १३ देखि ४ फेब्रुअरीसम्म चल्नेछ । १९ वर्षमुनिकाे विश्वकपमा १६ वटा देश सहभागी हुनेछन् । सहभागी १६ देशलाई चार वटा समूहमा विभाजन गरिएको छ ।

समूह 'डी' मा नेपाल, न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान रहेका छन् । साविक विजेता भारत समूह 'ए' मा रहेको छ । यो समूहमा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका छन् । त्यस्तै समूह 'बी' मा इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् । समूह 'सी' मा अस्ट्रेलिया, आयोजक श्रीलङ्का, जिम्बावे र नामिबिया रहेका छन् ।

खेल तालिका

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया