सरकार फेरबदलको कुरा भएको छैन : महामन्त्री शर्मा
मंसिर १९, २०८० मंगलबार
कास्की – पोखराको फिर्के खोलामा निर्माणाधीन पुल पाँच वर्ष पुग्नै लाग्दा पनि बन्न सकेको छैन । साढे २ वर्षमा नै सक्ने गरी निर्माण कम्पनीले ठेक्का लिएको भए पनि अहिलेसम्म पुल बन्न नसकेको हो ।
पोखरा महानगरपालिका–४ र ५ जोड्ने फिर्के पुल निर्माण नहुँदा आवतजावतमा समस्या भइरहेकाे छ । पोखरा–बाग्लुङ राजमार्गअन्तर्गत जिरो–हरिचोक सडक ६ लेनको बने पनि पुल भने २ लेनको छ ।
पुल निमार्णका लागि २०७५ साल असोज ८ गते १२ करोड ३२ लाख २६ हजार रुपैयाँको लागतमा काम सक्ने गरी सम्झौता भएको थियो । २०७७ साल चैत ३० गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी शान्ति आरोग्य जेभी सानेपा ललितपुरसँग ठेक्का सम्झौता भएको थियो । तर पटक–पटक म्याद थप गर्दै २०८१ वैशाखसम्म म्याद पाएको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर शहनशिला कायस्थले जानकारी दिनुभयो । अहिलेसम्म ३० प्रतिशत मात्र काम सकिएको उहाँको भनाइ छ ।
पहुँचका आधारमा निर्माण कम्पनीले पटक–पटक म्याद थप्दै आएको पोखरा–५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले बताउनुभयो ।
कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।