सद्भाव कायम राख्न धार्मिक अगुवाहरुको संयुक्त अपिल

 असोज ६, २०८० शनिबार ६:४३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - धार्मिक अगुवाहरूले धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शुक्रवार धार्मिक संस्थाका प्रमुखको बैठकमा धार्मिक अगुवाहरूले कुनै पनि असंवैधानिक तथा गैरकानुनी क्रियाकलापमा कोही पनि सहभागी नहुन र धार्मिक, सामाजिक एवम् सांस्कृतिक सद्भावका लागि क्रियाशील रहन आह्वान गरेका हुन् ।

अपिलमा विश्व हिन्दु महासङ्घ राष्ट्रिय समिति, विश्व हिन्दु महासङ्घ अन्तर्राष्ट्रिय समिति, नेपाल सनातन धर्म संस्कृति सङ्गठन, हिन्दु जागरण नेपाल, विश्व हिन्दु परिषद् नेपाल, श्रीकृष्ण प्रणामी सेवा समिति, नेपाल बौद्ध महासङ्घ, नेपाल तामाङ बौद्ध गुम्बा सेवा समाज र नेपाल परम्परागत बौद्ध धर्म सङ्घका प्रमुख तथा प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

यस्तै, अखिल नेपाल भिक्षु महासङ्घ, इस्लामी सङ्घ नेपाल, नेपाल मुस्लिम सङ्घ, नेपाल मुस्लिम इत्तेहाद सङ्गठन, मुस्लिम मुक्ति मोर्चा नेपाल, मर्कजी जमियत अहले हदिस, जमियत उलेमा–ए नेपाल, राष्ट्रिय क्रिश्चियन महासङ्घ नेपाल, नेपाल क्रिश्चियन सोसाइटी, नेशनल चर्च फेलोसिभ अफ नेपाल राष्ट्रिय नेपाली इसाई मण्डली एकता परिषद्, नेशनल सास्टर काउन्सिल नेपाल, नेपाली इसाई नागरिक सङ्घ र नेपाल वाइबल सोसाइटीका प्रतिनिधिको पनि हस्ताक्षर छ । 

अन्तिम अपडेट: कात्तिक ११, २०८०

तपाईको प्रतिक्रिया