सरकार फेरबदलको कुरा भएको छैन : महामन्त्री शर्मा
मंसिर १९, २०८० मंगलबार
काठमाण्डाै - मुगुको जिल्ला सदरमुकाम गमगढीमा गएराति आगलागी हुँदा एउटा टहरोसहित सात वटा घर जलेर नष्ट भएका छन् ।
गएराति साढे १ बजेतिर शुरु भएको आगो बिहान चार बजे निभाइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
आगलागीबाट ६ वटा घर र एउटा टहरो जलेको र एउटा घरमा दाजुभाइको परिवार छुटाछुटै बस्दै आएकाले आठ परिवारको घर जलेर नष्ट भएको डीएसपी थापाले बताउनुभयो ।
आगलागीबाट मानवीय क्षति नभएको तर नौ वटा विभिन्न पसलसहित ग्यासलगायतको गोदाममा क्षति पुगेको उहाँले बताउनुभयो । क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।
आगलागीको कारण थाहा भएको छैन । गएको असोजमा पनि गमगढीको तल्लो बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएका थिए । गमगढीमा पटक-पटक आगलागी हुँदै आएको छ ।