देशको अर्थतन्त्र उजिल्याउन प्रधानमन्त्रीको गम्भीर चासो
मंसिर २२, २०८० शुक्रबार
जुम्ला – जुम्ला विमानस्थल विस्तार गरिने भएको छ । जुम्ला विमानस्थल विस्तारका लागि चार कराेड ४२ लाख ४७ हजार रुपैयाँ पठाएकाे नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङले विमानस्थल विस्तारका लागि यो बजेट स्वीकृत गरेर सरकारले पत्र पठाएको जानकारी दिनुभयो । विमानस्थलको जग्गा अधिग्रहण गरिसकेपछि विस्तार कार्यक्रमअन्तर्गत रनवे, ट्याक्सी वे र अप्रोनको काम गरिने छ । अहिले जुम्ला विमानस्थलमा साना ट्विनअटर जहाज मात्र रहेकामा विमानस्थल विस्तार भएमा ठूला जहाज अवतरण गर्न मिल्नेछ ।
सांसद लामाले भन्नुभयाे, ‘आफ्नो जिल्लाको विकासका लागि सबै नागरिकले चासो लिन आवश्यक छ । यस्तैगरी सक्रियता र चासो देखायो भने विकास, उन्नति हुन कसैले रोक्न सक्दैन ।’
गएकाे वर्ष विमानस्थलका लागि एक करोड रुपैयाँ आए पनि त्यो रकम पनि प्रयोगमा नआएर 'फ्रिज' भएको उहाँले बताउनुभयाे । यो पटक विमानस्थलका लागि सरकारले ५० लाख रुपैयाँ छुट्याएको जानकारी पाएपछि थप बजेटको माग गर्दै दबाब दिएकाे र अहिले चार कराेड रुपैयाँभन्दा धेरै आएकाे उहाँकाे भनाइ छ ।
विमानस्थलमा ठूला जहाज बसेकाे हेर्ने जुम्ली नागरिककाे माग छ । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले विमानस्थलमा आएको रकमअनुसार काम हुन आवश्यक रहेकाे बताउनुभयो ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।