देशको अर्थतन्त्र उजिल्याउन प्रधानमन्त्रीको गम्भीर चासो
मंसिर २२, २०८० शुक्रबार
सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लाको माइक्रो हाइड्रोपावरको विद्युत् सामग्री तीन महिनादेखि फाप्लुमा रोकिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरबाट सामग्री ढुवानीमा रोक लगाएसँगै ती सामग्री तीन महिनादेखि फाप्लु विमानस्थलमै रोकिएको हो । काठमाण्डौबाट ल्याइएको विद्युत् सामग्रीमध्ये साना सामान जहाजमार्फत लुक्ला लगिएको छ भने हेलिकप्टरमा 'सिलिङ' गरेर लैजानुपर्ने ठूला सामान भने फाप्लुमै अलपत्र परेको लुक्लाका वडाध्यक्ष आङ फुर्वा शेर्पाले बताउनुभयो ।
उहाँका अनुसार विद्युतको टरबाइन, जेनेरेटर, विद्युत् हिटर, ट्रान्सफर्मर, कन्ट्रोल प्यानल लगायतका वजनदार समग्री फाप्लु विमानस्थलमै थन्किएका छन् । सामग्री लैजान वडा कार्यालयले प्राधिकरणलाई पत्र नै काटे पनि सुनुवाइ नहुँदा समस्या भएको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।
सामग्री नपुग्दा लुक्लाको बमखोला लघुजलविद्युत् आयोजनाको एउटा गृहको विद्युत् उत्पादन ठप्प रहेको छ । लुक्ला क्षेत्रका झन्डै चार सय ५० घरधुरीका लागि याे आयोजनाले झन्डै १६ वर्ष अघिदेखि दुई वटा विद्युत् गृहबाट विद्युत् उत्पादन गर्दै थियाे । अहिले विद्युत् गृहकाे मुख्य 'मेशिन' नै बिग्रिएपछि सानो 'मेशिन' बाट उत्पादित विद्युत् मात्रै वितरण गरिँदै आएको विद्युत् उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । जसका कारण लुक्लामा अहिले दैनिक तीन घण्टासम्म 'लोडशेडिङ' हुने गरेको बताइएको छ ।
सडक नपुगेका कारण खुम्बु क्षेत्रमा सामग्री ढुवानीका लागि उडानकै भर पर्नुपर्ने बाध्यता छ । सामग्री ढुवानीका लागि हेलिकप्टरकै भर पर्नुपरेको समयमा प्राधिकरणले उडानमा कडाइ गर्दा खुम्बुवासीलाई ठूलो मार परेको स्थानीय टासी शेर्पाले गुनासाे गर्नुभयाे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भने सेप्टेम्बर अन्तिमदेखि हेलिकप्टरलाई 'सिलिङ' उडानको अनुमति दिने बताएको छ । गएकाे असार २६ गते मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएपछि प्राधिकरणले हेलिकप्टर उडानमा कडाइ गरेको हो । प्राधिकरणले त्यसयता मौसमको कारण सुरक्षालाई ध्यान दिँदै सेप्टेम्बर अन्तिमसम्मका लागि हेलिकप्टरमार्फत हुने सामग्री ढुवानीलाई रोक लगाएको थियो ।
गाउँपालिकाले प्राधिकरणलाई पठाएकाे पत्र–
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।