देशको अर्थतन्त्र उजिल्याउन प्रधानमन्त्रीको गम्भीर चासो
मंसिर २२, २०८० शुक्रबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको मात्रै नभएको बताउनुभएको छ ।
आज सोमवार काठमाण्डाैमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपमेयर डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरकाे मात्रै नभएकाे बताउनुभएकाे हाे । उहाँले यो समस्याको दिगो समाधान हुने गरी तत्काल एकीकृत नीति बनाउन सङ्घीय सरकारलाई आग्रहसमेत गर्नुभयो । याे समस्या समाधानका लागि काठमाण्डाै महानगरलाई दबाब दिने काम नगर्न पनि उहाँले अनुरोध गर्नुभयो । उपमेयर डंगाेलले महानगरपालिका आफ्नाे नीति र कार्यक्रमअनुसार अघि बढिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘महानगरले आफूले वर्षभरि के काम गर्ने भन्ने नीति, नियम, कार्यक्रमहरू तय गरेको छ । ती नीति, कार्यक्रमहरू पूरा गर्नका लागि महानगरलाई दबाबको भने पक्कै पनि खाँचो छैन । हाम्राे प्रमुख चुनाैती भनेको सडक व्यापार व्यवस्थापनको कुरा नै हो । याे समस्या काठमाण्डाै महानगरको मात्रै पक्कै होइन । देशभरिमा जहाँजहाँ शहर छ, त्यहाँ सडक व्यापार व्यवस्थापनकाे समस्या छ । यो केन्द्रीय सरकारले विशेष महत्त्वका साथ हेर्नुपर्ने विषय पनि हो । यस विषयमा राज्यको हिसाबले केन्द्र तहबाट नै नीति, नियम बनाइयोस् ।’
उपमेयर डंगोलले संघीय सरकारले आवश्यक नीति, कार्यक्रम बनाएर देशभरकै सडक व्यापारीहरुको समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।