मैवाखाेलाका बाढी–पहिराे पीडितलाई अस्थायी आवास हस्तान्तरण

 असोज ८, २०८० सोमबार १६:९:३८ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङकाे मैवाखाेला गाउँपालिकाले बाढी–पहिराे पीडितलाई बनाएकाे अस्थायी आवास हस्तान्तरण गरेकाे छ ।

अविरल वर्षापछि गएकाे असार २ आएकाे बाढी–पहिराेका कारण घर गुमाएका ६५ परिवारलाई गाउँपालिकाले आज साेमवार अस्थायी आवास हस्तान्तरण गरेकाे हाे । मैवाखाेला गाउँपालिकाकाे वडा नम्बर ३ र ४ का बाढी–पहिराे पीडितलाई अस्थायी आवासकाे व्यवस्था गरेकाे गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयाे ।

मैवाखोला–३ साँघुको निर्माणाधीन रङ्गशालामा बनाइएका घर पीडितलाई हस्तान्तरण गरिएको हो । ४ देखि ६ जना, ६ देखि ८ र ८ देखि १२ जनासम्म बस्न मिल्ने गरी 'ए', 'बी' र 'सी' गरी ३ प्रकारका घर बनाइएकाे छ । यस्तै ६५ परिवारका लागि ३६ वटा शौचालय र १८ वटा धारा बनाइएकाे छ ।

यी संरचनाकाे लागत १ करोड ५० लाख रहेकाेमा गाउँपालिकाले २६ लाख ६० हजार रुपैयाँ खर्च गरेकाे गाउँपालिकाका अध्यक्ष वनेमले जानकारी दिनुभयाे । यस्तै दातृ निकाय र सहयोगी सङ्घ–संस्थाबाट ५५ लाख ९२ हजार प्राप्त भएको तथा शिक्षक, विद्यार्थी, स्थानीयबाट ६८ लाख एक हजार रुपैयाँ प्राप्त भएको गाउँपालिकाले जनाएकाे छ ।

गएकाे साउन ७ अस्थायी आवासकाे निर्माण शुरु भएकाेमा २ महिनामै पूरा भएकाे हाे । गाउँपालिकाले अस्थायी संरचना बनाइदिएर अभिभावकको कर्तव्य पूरा गरेको अस्थायी घर प्राप्त गरेकामध्ये एक डिमा शेर्पाले बताउनुभयाे ।

अन्तिम अपडेट: असोज ९, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया