डाक्टर कुट्ने र अस्पतालमा तोडफोड गर्नेविरुद्ध मुद्दा चलाउन गृह मन्त्रालयको निर्देशन

 असोज ९, २०८० मंगलबार १९:१९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृह मन्त्रालयले डाक्टरमाथि आक्रमण र अस्पतालमा तोडफोड गर्नेलाई मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको छ ।

हिजो साेमवार पोखराको मणिपाल शिक्षण अस्पताल र लमजुङ अस्पताल लगायत शिक्षण संस्थामा डाक्टरमाथि आक्रमण र अस्पताल तोडफोड भएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

यी घटनालाई लिएर दोषीमाथि कारबाहीको माग गरी डाक्टरहरू आन्दोलित भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज मङ्गलवार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसहित सरोकारवालाहरूको बैठक बोलाउनुभएको थियो । बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन–२०६६ बमोजिम कारबाही अघि बढाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

बैठकमा मेडिकल काउन्सिल एसोसिएसन, नर्सिङ काउन्सिल, चिकित्सक सङ्घ, अस्पतालका डाक्टर, मेडिकल आबद्ध सरोकारवालाहरू उपस्थित थिए । कुटपिटको आरोपमा बेसीसहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेत र पोखरा–५ का विनय गुरुङलाई प्रहरीले प्रक्राउ गरिसकेको छ ।

आज मणिपाल, त्रिवि शिक्षण अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले सेवा रोकेर प्रदर्शन गरेका थिए ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया