सुनसरीमा १ सय २० केजी गाँजासहित ६ जना पक्राउ

 असोज १३, २०८० शनिबार ८:४८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतरापुल नजिकै १ सय २० केजी गाँजासहित प्रहरीले ६ जनालाई पक्राउ गरेकाे छ । 

प्रहरीले बराहक्षेत्र जाने सडकबाट हिजाे  प्रदेश १–०२–०५० प ६३०४ नम्बरको माेटरसाइकल र  बीआर ०२ आर ९९९४ नम्बरको जीपमा लैजाँदै गरेकाे गाँजासहित उनीहरुलाई पक्राउ गरेकाे हाे। 

पक्राउ पर्नेमा भारतका ३६ वर्षीय महोम्मद सिराज, २० वर्षीय अस्ताजु आलम, १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओम प्रकाश रजक, सुनसरीका देवनागञ्ज गाउँपालिका ५ बस्ने ३१ वर्षीय ओम प्रकाश साह र २० वर्षीय शिवम साह रहेका छन् ।

नियन्त्रणमा लिएकाे गाँजा, जीप, माेटरसाइकल र पक्राउ परेका छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा लगिएकाे प्रहरीले जनाएकाे छ । 

 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया