बारा पुगेर रक्षामन्त्री पोखरेलले भने सरकार संविधान संशोधन गर्न प्रतिवद्ध छ

 कात्तिक १७, २०७५ शनिबार १६:२९:५२ | जयनारायण यादव
unn.prixa.net

फाइल तस्बिर

बारा – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकार संविधान संशोधन गर्न तयार रहेको बताउनु भएको छ ।

बाराको कलैयामा शनिबार ने क पा को पार्टी कार्यालय उद्घाटन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले आवश्यक परे संविधान संशोधन गर्न सकिने बताउनु भएको हो ।

संविधानको कुन–कुन बुँदा संशोधन गर्नु पर्ने हो भनेर प्रश्न गर्दै रक्षा मन्त्री पोखरेलले स्पष्ट रुपमा सरकार समक्ष ती बुँदाहरु प्रस्तुत गर्न संविधान संशोधनका माग गरिरहेका असन्तुष्ट पक्षलाई आग्रह गर्नुभयो ।

मधेश केन्द्रीत दलहरु प्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘तपाईँहरुको कुन–कुन माग पूरा भएको छैन । ल्याउनुस, छलफल गरेर संविधान संशोधन गर्ने कार्यमा लागौं ।’ उहाँले नागरिकता ऐनमा त्रुटि भए सच्याउन सरकार तयार रहेको स्पष्ट पार्नुभयो । ने क पा मधेश विरोधी पार्टी नभएको मन्त्री पोखरेलको भनाई छ ।

संविधान निर्माण भइसकेता पनि कानून निर्माण नभएकाले सरकार अहिले गम्भीरतापूर्वक संविधानले परिकल्पना गरे अनुसार कानून निर्माण कार्यमा लागेको जानकारी गराउँदै मन्त्री पोखरेलले चाँडै सरकारले मुलुकलाई आवश्यक पर्ने कानूनहरु निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

राष्ट्रिय अखण्डताको सवालमा कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार कोही–कसैसँग सम्झौता नगर्ने बताउँदै उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय एकताले मात्र सम्पूर्ण नेपाली र राष्ट्रको विकास हुने कुरामा जोड दिनुभयो ।

जातीय राजनीतिले कोही कसैको भलो हुने उपप्रधानमन्त्री पोखरेलको धारणा छ  । उहाँले भोजपुरी र मैथिली भाषालाई प्रदेश नं. २ को कामकाजको भाषा बनाउन प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया