एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने

 असोज १५, २०८० सोमबार ११:२८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - चीनमा भइरहेको एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ ।

आज भएको 'ड्र' अनुसार नेपालले भारतसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । यो खेल भोलि हुनेछ । क्वाटरफाइनलमा नेपालले भारतसँग, पाकिस्तानले हङकङसँग, बङ्लादेशले मलेसियासँग, श्रीलङ्काले अफगानिस्तानसँग खेल्नेछ ।

नेपालले अन्तिम ८ मा भारतलाई हराए पाकिस्तानसँग सेमिफाइनलमा भेट हुनेछ । नेपालले समूह चरणमा मङ्गोलियालाई कीर्तिमानी २ सय ७३ रनले र माल्दिभ्सलाई १ सय ३८ रनले हराएको थियो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया