अपायक ठाउँमा नियुक्ति दिएकाे भन्दै पाेखरामा दृष्टिविहीन शिक्षिका अनसनमा

 असोज १५, २०८० सोमबार १३:२३:५ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरामा एक दृष्टिविहीन शिक्षिका अपायक ठाउँमा नियुक्ति दिएकाे भन्दै आमरण अनसनमा बस्नुभएकाे छ ।

पाेखरा- १ बगरमा रहेकाे शिक्षा विकास निर्देशनालय गण्डकी र शिक्षा विकास समन्वय इकाई कास्कीकाे परिसरमा दृष्टिविहीन शाेभा पाैडेल हिजाे आइतवारदेखि अनसन बस्नु भएकाे हाे ।

लमजुङकाे दाेर्जी गाउँपालिकाकाे बालकल्याण माविमा नियुक्ति रहेकाे तर दृष्टिविहीन भएका कारण आफूलाई विद्यालय जान आउन निक्कै समस्या भएकाे उहाँले बताउनु भयाे । उहाँले गएकाे वर्षअघि शिक्षक सेवा आयाेगबाट स्थायी शिक्षकमा नाम निकाल्नु भएकाे हाे ।

उहाँले पायक विद्यालयमा नियुक्ति र हाजिर गराइ स्थायी राेजगारीकाे सुनिश्चित हुनुपर्ने माग राख्नुभएकाे छ । उहाँले १५ वर्षदेखि पाेखराकाे राष्ट्रिय माविमा पढाउँदै आउनु भएकाे थियाे । आफ्नाे परिवारका अन्य सदस्यमा पनि अपाङ्गता भएका कारण आफूलाई झन् समस्या भएकाे गुनासाे गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया