भरतपुरमा बिरुवा उखेलेर फाल्ने महिला पक्राउ

 असोज १५, २०८० सोमबार २०:२९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – भरतपुर महानगरपालिका–३ काे शहीदचोक–बेलचोक सडक खण्डको बिरुवा उखाल्ने महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्ने महिला २८ वर्षीया खुस्बी रौनियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिनुभयो । आज साेमवार दिउँसो ३ बजे पक्राउ परेकी महिलालाई प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राैनियारले गए राति सवा २ बजे आफ्नै पसल अगाडि रहेको बिरुवा उखालेर फालेको सीसीटीभी फुटेजमा देख्न सकिन्छ । घर अगाडि रुख ठूलो भई असर पार्ने भन्दै उनले बिरुवा उखेलेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गएकाे शुक्रवार भरतपुर महानगरपालिकाले वृक्षरोपण महाअभियानअन्तर्गत यो सडकमा बिरुवा रोपेको थियो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया