एमाले गण्डकी अधिवेशन : चार बजेपछि चुनावी प्रक्रिया शुरु हुने

 असोज १६, २०८० मंगलबार ८:५२:२ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - नेकपा एमाले गण्डकीको अधिवेशनमा आज चार बजेपछि नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढ्ने भएको छ । हिजाे दिउँसो उद्घाटनपछि पाेखरा सभागृहमा अधिवेशनको बन्द सत्र चलेको थियो ।

अधिवेशनमा अध्यक्ष नवराज शर्माले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथि दिनभरि आठवटा समूह बनाएर समूहगत छलफल गर्ने, महासचिवको सम्बोधन सुन्ने र ४ बजेपछि चुनावी प्रक्रिया अघि बढाउने तयारी रहेको एमाले प्रदेश उपसचिव एवम् प्रचार विभाग प्रमुख रश्मी आचार्यले जानकारी दिनुभयाे । आज उम्मेदवार दर्ता गर्ने, मतदाता नामावली प्रकाशन गर्ने र बुधवार चुनाव गर्ने तयारी रहेको आचार्यले बताउनु भयाे ।

गण्डकी अध्यक्षका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको तर्फबाट अहिलेका अध्यक्ष नवराज शर्मा र महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य खगराज अधिकारीको समूहबाट केन्द्रीय सदस्य मायानाथ अधिकारी अध्यक्षका उम्मेदवार बन्ने चर्चा छ । गण्डकीमा ११ जिल्ला र जनसङ्गठनबाट ९ सय ७ जना प्रतिनिधि छन् उनीहरुले १ सय ६५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछन् ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया