पायकमा नियुक्ति गर्ने सहमतिपछि पाेखराकी दृष्टिविहीन शिक्षिकाकाे अनसन ताेडियाे

 असोज १७, २०८० बुधबार ८:५३:१६ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - अपायक ठाउँमा नियुक्ति दिएकाे भन्दै आमरण अनसनमा बस्नुभएकी पाेखराकी दृष्टिविहीन शिक्षिका शोभा पौडेलले अनसन ताेड्नुभएकाे छ । पायक ठाउँमा नियुक्ति गर्ने सहमतिपछि हिजाे उहाँले तीन दिनदेखिकाे अनसन ताेड्नुभएकाे हाे । 

शिक्षा इकाई कार्यालय, शिक्षक सङ्गठनहरु र पोखरा महानगरपालिका शिक्षा महाशाखाले पौडेलसँग कास्कीको मादी गाउँपालिकाकाे ध्रुव माविमा सरुवा गर्ने सहमति गरेका हुन् । उहाँ आइतवारदेखि पाेखरा-१ बगरमा रहेकाे शिक्षा विकास निर्देशनालय गण्डकी र शिक्षा विकास समन्वय इकाई कास्कीकाे परिसरमा अनसनमा बस्नुभएकाे थियाे । 

लमजुङकाे दाेर्जी गाउँपालिकाकाे बालकल्याण माविमा नियुक्ति रहेकाे तर दृष्टिविहीन भएका कारण विद्यालय जान आउन निक्कै समस्या भएकाे भन्दै उहाँले अनसन शुरु गर्नुभएकाे थियाे । उहाँले पायक विद्यालयमा नियुक्ति र हाजिर गराइ स्थायी राेजगारीकाे सुनिश्चित हुनुपर्ने माग राख्नुभएकाे थियाे ।

उहाँले गएकाे वर्ष शिक्षक सेवा आयाेगबाट स्थायी शिक्षकमा नाम निकाल्नु भएकाे हाे । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया