एमाले गण्डकी प्रदेश अध्यक्षमा शर्मा र अधिकारीकाे उम्मेदवारी

 असोज १७, २०८० बुधबार १८:५२:४१ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नेकपा एमालेकाे गण्डकी प्रदेशकाे अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दिएका छन् । प्रदेश अध्यक्षका लागि अहिलेका अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीले उम्मेदवारी दिएका निर्वाचन समितिले जनाएकाे छ ।

शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ । यस्तै उपाध्यक्षमा बाबुराम विश्वकर्मा र मीनप्रसाद गुरुङको उम्मेदवारी परेको छ । विक खगराज र गुरुङ पृथ्वीसुब्बा प्यानलका उम्मेदवार हुन् । सचिवमा लमजुङका धनञ्जय दवाडी, कास्कीका रश्मि आचार्यले उम्मेदवारी दिएका छन् । दवाडी पृथ्वीसुब्बा र रश्मी खगराज प्यानलबाट उम्मेदवार बनेका हुन् ।

त्यसैगरी उपसचिवमा अर्जुनकुमार सुनाम, दामबहादुर विक र सन्तोष रावलको उम्मेदवारी परेको छ । उपसचिव महिलामा मन्जु अधिकारी प्यासी र मिना गुरुङको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार १ सय ६२ सदस्यीय प्रदेश कमिटीका लागि ३ सय ८२ जनाकाे उम्मेदवारी परेकाे छ । अधिवेशनका लागि प्रदेशका ११ जिल्ला र जनवर्गीय सङ्गठनबाट ९ सय ७ जना प्रतिनिधि आएका छन् ।

गण्डकी प्रदेश इन्चार्ज गाेकर्ण विष्टले अधिवेशनबाट सर्वसम्मत नेतृत्व चुन्न अझै पनि प्रयास भइरहेको बताउनुभयाे । अध्यक्षका उम्मेदवार मायानाथ अधिकारीले सबैलाई समन्वय गरेर लैजानका लागि आफूले उम्मेदवारी दिएकाे र आफ्नो उम्मेदवारी पार्टी बलियो बनाउनका लागि भएकाे दाबी गर्नुभयाे । अध्यक्ष पदका अर्का उम्मेदवार नवराज शर्माले उम्मेदवारी दर्ता भए पनि अझै सहमतिको सम्भावना नटरेको बताउनुभयाे ।

पोखरा सभागृह हलमा चलिरहेकाे नेकपा (एमाले) गण्डकी प्रदेश समितिको निर्वाचन प्रक्रिया लम्बिएको छ । निरन्तरको झरी र फितलो व्यवस्थापनका कारण उम्मेदवार छान्न भाेलि बिहीवार बिहान मात्रै निर्वाचन हुने मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिनुभयाे । विद्युतीय मेशिनमार्फत मतदान गर्ने तयारी भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया