बचतकर्ताको साढे ४ करोड रुपैयाँ हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ

 असोज १८, २०८० बिहिबार १५:७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – बचतकर्ताको साढे चार करोड रुपैयाँ हिनामिना गर्ने देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष रवीन्द्र चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनले निक्षेपकर्तालाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेप लिने तर बचतकर्ताले आफूले जम्मा गरेको रकम फिर्ता माग्दा नदिएर लुक्ने गरेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

ललितपुरको सातदोबाटोमा मुख्य कार्यालय रहेको देउराली सहकारीका विभिन्न ठाउँमा शाखा छन् । बचतकर्ताले आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीलाई लामो समयदेखि आग्रह गरे पनि निक्षेप तथा ब्याज रकम उपलब्ध गराइदिनेतर्फ कुनै पहल नभएको पाइएको सीआईबीले जनाएको छ ।

रवीन्द्र चौलागाईं लगायतले बचतकर्ताको अहिलेसम्मको प्राप्त जाहेरीअनुसार चार करोड ४९ लाख ९९ सय हजार रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेकाे प्रहरीले जनाएको छ । देउराली सहकारीबाट कोही ठगिएको भए उजुरी गर्न पनि सीआईबीले आग्रह गरको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया