विदेशबाट सामान आएको छ, सामान भन्सार कार्यालयमा छ भन्दै कोही कसैले पैसा मागेमा नदिन आग्रह

 असोज १८, २०८० बिहिबार १६:५७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – विदेशबाट सामान आएको छ भन्दै कोही कसैले छुटाउन पैसा लाग्छ भन्दै मागेमा नदिन त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले अनुरोध गरेको छ ।

पछिल्लो समय फोन तथा विभिन्न सामाजिक सञ्जालहरूको प्रयोग गरी विदेशबाट सामान आएको छ तर छुटाउन पैसा लाग्छ भन्दै पैसा माग्ने क्रम बढेपछि कार्यालयले एक सूचना जारी गर्दै सचेत गराएको हो । 

विदेशबाट सामान आएको र सामान विमानस्थल भन्सार कार्यालयमा छ भन्दै फोन आउन थालेपछि आफ्नो सामानबारे सोधपुछ गर्नेको सङ्ख्या बढेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

सूचनामा भनिएको छ ‘फोन तथा विभिन्न सामाजिक सञ्जालका माध्यमको प्रयोग गरी विभिन्न व्यक्तिले विदेशबाट तपाईँको नाममा सामान आएको छ, सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा छ र यो सामान छुटाउन पैसा लाग्छ, पैसा तुरुन्त पठाउनुहोस् भन्दै अनुरोध गर्ने गरेको भनी यस कार्यालयमा सोधपुछ गर्न आउने व्यक्तिहरूको सङ्ख्या बढेको छ ।’

यसरी विभिन्न माध्यम तथा व्यक्तिमार्फत आउने गलत सूचनाको प्रलोभनमा परी अन्जान व्यक्तिलाई सामान पाउने आसमा पैसा नदिन कार्यालयले आग्रह गरेको छ । सत्य तथ्य नबुझी फोनकै भरमा पैसा दिएमा ठगीमा पर्छ सकिन्छ ।

यस्तो कुनै फोन वा म्यासेज आएमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सम्पर्क गरी यथार्थ बुझ्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया