प्याराग्लाइडिङ विश्वकपः पाँचौ चरणको खेल सकियो, कोरियाली खेलाडीको वर्चस्व

 कात्तिक १७, २०७५ शनिबार २०:३४:२६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङजा – स्याङजामा चलिरहेको प्याराग्लाइडिङ एक्युरेसी विश्वकप २०१८ का पाँच चरणका खेलहरु सकिएका छन् । 

पाँच चरणका खेल सकिँदा ३ सय ५० फ्लाइट भएका छन् । पाँचौ चरणसम्म आइपुग्दा कोरियाली खेलाडीको वर्चस्व रहेको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष एवं आयोजना सचिवालय संयोजक अनन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

अब एक चरणको मात्रै प्रतिस्पर्धा हुन वाँकी रहेको छ । एक्युरेसी अन्तर्गतमा भएको यो विश्वकपमा नेपाली खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् ।
नेपाली खेलाडी दसौं नम्बरमा रहेका छन् । तोकिएको ठाँउमा अवतरण गर्ने खेलाडीले शून्य र तोकिएको ठाँउभन्दा वाहिर अवतरण गर्नेले बढीमा ५ सय नम्बरसम्म पाउने गर्दछन् । यसमा शून्य नम्बर प्राप्त गर्ने उत्कृष्ट मानिन्छ । 

६ चरणका खेल हुने प्रतियोगिता आइतबारसम्म चल्नेछ भने ६ वटै चरणका अंकहरु जोड गरी विजेत चयन गरिनेछ ।

विश्वकपको लागि नाम दर्ता गराएका ९८ जना खेलाडीमध्ये ७० जना मात्रै  प्रतियोगिताको लागि भाग लिन योग्य पाइएपछि उनीहरुबीच नै प्रतिस्पर्धा भइरहेको छ । 
प्रतियोगिता नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एडभेन्चर क्लब स्याङ्जाको आयोजना तथा जिल्ला समन्वय समिति स्याङ्जा तथा स्याङजाका ११ वटै स्थानीय तहको संयोजकत्वमा आयोजना भएको हो ।

भिरकोट नगरपालिका–५ माहापुरमा रहेको स्वरेक मैदानवाट उडेका प्यारागलाइडर वालिङ नगरपालिका–११ डौवा फाँटको तोकिएको घेरा भित्र उत्रनेछन् । खेलको निर्णयको लागि स्वदेशी र विदेशी गरी २० जना निर्णायकहरु खटिएकाछन् । 

प्रतियोगिताका विजयी टिमतर्पm प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्नेछन् । व्यक्तिगततर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार ७ सय ५० र ५ सय युरो प्राप्त गर्ने छन् । 

प्रतियोगिताको बजेट करिब १ करोड ६० लाख रुपैयाँको हुन बताइएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया