बझाङकाे भातेखोला केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टरस्केलको भूकम्प

 असोज २०, २०८० शनिबार १३:३५:५६ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङमा फेरि भूकम्पको धक्का महसुस भएको छ ।

आज बिहान ११ बजेर ४५ मिनेटमा बझाङको भातेखोला केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यस्तै, १२ बजेर ३२ मिनेटमा पनि चार दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।

आजको भूकम्पका कारण घरको पाली भत्किएर मष्टा गाउँपालिका  वडा नम्बर ४ का  ८६ वर्षका सुको फराडा घाइते हुनुभएको वडाअध्यक्ष उत्तम जोशीले जानकारी दिनुभयो । बझाङ केन्द्रबिन्दु भएर गएको मङ्गलवारपछि चार रेक्टरस्केलभन्दा माथिका १५ वटा भूकम्प गएका छन् ।

कयौँ पटक परकम्प गएका स्थानीयले बताएका छन् । भूकम्पमा परि एक जनाको ज्यान गएको छ भने केही घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति पुगेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया