जनकपुरको बिग मार्टमा राति आगलागी

 असोज २१, २०८० आइतबार ८:४६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जनकपुरको बिग मार्टमा आगलागी भएको छ । जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकमा रहेको मार्टमा राति सवा १ बजे आगो लागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार आगो अघि बिहान सवा ७ बजे नियन्त्रणमा आएको छ ।

जनकपुरधाम उपमहानगरपालिकालगायत आसपासका पालिकाको दमकल, प्रहरी र स्थानीयबासिन्दालगायतको सहयोगमा आगो निभ्याइएको हो । आगो लाग्नुको कारण खुलेको छैन । यस्तै, क्षतिको विवरण पनि आइसकेको छैन । आगलागीबाट लाखौँ रुपैयाँ नोक्सानी भएको प्रहरीको अनुमान छ ।

अन्तिम अपडेट: फागुन १२, २०८०

तपाईको प्रतिक्रिया