दशैँका लागि अग्रिम टिकट बुकिङ खुला

 असोज २२, २०८० सोमबार ७:५१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – दशैँका लागि अग्रिम टिकट बुकिङ खुलेको छ । अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाण्डौको नयाँ बसपार्कमा टिकट बुकिङ गर्नेको घुईंचो लागेको छ । अग्रिम टिकट लिनेहरुको लाइन व्यवस्थित गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताउनुभयो ।

यसपालि ढिलो गरी अग्रिम टिकट बुकिङ खुला भएको हो । अघिल्ला वर्षमा दशैँ शुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक  गाडीको अग्रिम टिकट बुकिङ खुलाउने गरिएपनि यस वर्ष घटस्थापना शुरु हुन सात दिन अघि मात्रै बाँकी हुँदा खुलेको हो ।

गएको शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो । अहिलेकै भाडादर कायम रहेको र चाडपर्वको नाममा तोकिएको भन्दा बढी भाडा लिएको पाइए कारबाही गर्ने यातायात मन्त्रालयले जनाएको छ । हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला काठमाण्डौबाट हजारौँ यात्रु बाहिरिने गरेका छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया