यसपालि दशैँमा पानी पर्छ कि पर्दैन ? यस्ताे छ माैसमविद्काे अनुमान

 असोज २२, २०८० सोमबार १८:५९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – यस वर्ष दशैँको मुख्य दिनहरूमा मौसम सफा हुने मौसमविद्ले अनुमान गरेका छन् । भोलि मङ्गलवारदेखि देशका मध्य र पूर्वी भेगमा पानी पर्ने र एक/दुई दिन रोकिएर अर्को हप्ताको सोमवारदेखि बुधवारसम्म पुनः वर्षाको सम्भावना रहेको र त्यसपछि मौसम सफा हुने मौसमविद् विनोद पोखरेलले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापकसमेत रहनुभएका मौसमविद् पोखरेलका अनुसार अर्को बुधवार अर्थात् कात्तिक १ गतेदेखि मौसममा सुधार हुने देखिएकोले दशैँका मुख्य दिनहरूमा पानी नपर्ने अनुमान गरिएको हो ।

यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ । देशको पश्चिमी भागबाट बाहिरिएको मनसुन औसतमा एक हप्तासम्म देशको सम्पूर्ण भू–भागबाट बाहिरिने प्रवृत्ति रहेकोले दशैँ शुरु हुनुअघि नै यो वर्षको मनसुनले पूर्णरूपमा बिदा लिइसक्ने जल तथा मौसम विज्ञान विभागकी मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

यस वर्षको दशैँ असाेज २८ गतेदेखि शुरु हुँदैछ । घटनास्थापना २८ गते र विजयादशमीकाे टीका कात्तिक ७ गते परेकाे छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया