‘बच्चा जाेगाउन’ चालकले गाडी खाडलमा हाले, लुम्बिनीका अर्थमन्त्रीसहित ४ जना सामान्य घाइते

 असोज २२, २०८० सोमबार २०:१४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की चढेकाे गाडी दुर्घटनामा परेकाे छ । आज साेमवार दिउँसाे दाङको तुलसीपुर उपमहानगरपालिका–१२ सितलपुरको घुम्तीमा मन्त्री मास्की चढेकाे लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलिया हुँदै मन्त्रालयतर्फ जाँदै गरेको गाडी दुर्घटनामा पर्दा अर्थमन्त्री मास्की, स्वकीय सचिव शम्भु पौडेल, पीएसओ मनबहादुर थिडी, चालक मनबहादुर बंशी मगर सामान्य घाइते हुनुभएको छ । अर्थमन्त्रीसहित चार जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको तथा सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

बच्चा जोगाउनका लागि चालकले गाडी खाडलमा हाल्नुपरेको मन्त्रीका स्वकीय सचिव पौडेलले जानकारी दिनुभयाे । विद्यालय छुट्टी भएपछि दौडिएर घरतर्फ जान थालेका एक जना बालकलाई जोगाउनका लागि चालकले गाडी झाडी भएकाे खाल्डोमा हालेका पौडेलले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया