बागलुङमा गोठमा आगलागी हुँदा एक जनाको ज्यान गयो

 असोज २७, २०८० शनिबार १९:१०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बागलुङको गलकोट नगरपालिका वडा नम्बर ४ नुवाकोटको गोठमा आगलागी हुँदा राम बहादुर मल्ल ज्यान गएको छ । 

गएराति भएकाे आगलागीमा मल्लकाे गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागी भएको ठाउँमा पछि हेर्दा गोठधनी मल्लको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो ।

आगलागी हुँदा गोठ क्षति हुनुका साथै झण्डै चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

अन्तिम अपडेट: फागुन ५, २०८०

तपाईको प्रतिक्रिया