भक्तपुरमा दशैँसँगै शुरु भयाे नाै राते मेला

 असोज २८, २०८० आइतबार १७:४२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दशैँ शुरु भएसँगै भक्तपुरमा नवरात (नौ राते) मेला शुरु भएको छ । आज आइतवार बिहान दशैँको पहिलो दिन (घटस्थापना) ब्रह्मायणीमा मेला शुरु भएको हो ।

प्रत्येक वर्ष घटस्थापनासँगै नौ राते मेला शुरु हुन्छ । आज भक्तपुरको ब्रह्मायणीसँगै विभिन्न शक्तिपीठमा भक्तजनको भीड छ । रातको समयमा मेला लाग्ने भएकाले स्थानीयहरू यसलाई नवरात अर्थात् नौ राते मेला भन्ने गर्छन् । मेला बिहान पनि लाग्छ तर बिहानको तुलनामा साँझको समयमा मेला भर्नेको सङ्ख्या धेरै हुन्छ । साँझमा बाजागाजाका साथ टोलटोलबाट भक्तजनहरू सहभागी हुने गर्दछन् ।

नवरातको नौ दिन नौ छुट्टाछुटै शक्तिपीठमा बिहान र साँझ दिनमा दुई पटक मेला लाग्ने गर्छ । जसअनुसार पहिलो दिन भक्तपुरको ब्रह्मायणीमा मेला लाग्छ । अन्तिम दिन पनि यही ठाउँमा मेला लाग्छ ।

परम्पराअनुसार पहिलो दिन ब्रम्हायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायाणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिम दिन अर्थात् विजया दशमीको दिन फेरि ब्रम्हायणीमा मेला लाग्ने गर्छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया