सङ्घीयतापछि बझाङले पहिलाे पटक जनस्वास्थ्य अधिकृत पायाे

 असोज ३०, २०८० मंगलबार २०:२७:२४ | डीबी बिष्ट
unn.prixa.net

स्वास्थ्य कार्यालय बझाङमा पदभार ग्रहण गर्दै जनस्वास्थ्य अधिकृत धामी

बझाङ – देशमा सङ्घीयतापछि बझाङले पहिलाे पटक जनस्वास्थ्य अधिकृत पाएको छ । लामो समयदेखि निमित्तको भरमा सञ्चालन हुँदै आएको स्वास्थ्य कार्यालय बझाङमा आज मङ्गलवारदेखि जनस्वास्थ्य अधिकृत लालबहादुर धामीले पदभार ग्रहण गर्नुभएको हो ।

लामो समयदेखि कैलाली स्वास्थ्य कार्यालयमा जनस्वास्थ्य अधिकृतको पदमा रहेका धामीलाई आज स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिले भव्य स्वागत गरे । धामीकै कार्यकालमा सुदूरपश्चिम प्रदेशभरि रहेका स्वास्थ्य कार्यालयमध्ये कैलाली स्वास्थ्य कार्यालय पहिलो भएको थियो ।

स्वागत कार्यक्रममा जिल्ला अस्पताल बझाङका कार्यालय प्रमुख डाक्टर नवराज जोशीले जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयबीच सहकार्य हुन आवश्यक रहेकाे बताउनुभयाे । जिल्ला अस्पतालमा आफूले एउटा प्रणाली बसालेकाे र त्यसलाई आत्मसात् गरेर अघि बढ्न सके स्वास्थ्य सेवा प्रवाह गर्ने कुरामा धेरै अघि बढ्न सकिने उहाँकाे भनाइ छ ।

जनस्वास्थ्य अधिकृत धामीले आफूलाई पदभार ग्रहण गर्दा मिलेकाे साथ र सहयाेग आउँदा दिनमा पनि मिल्ने अपेक्षा राखेकाे बताउनुभयाे । स्वास्थ्य कार्यालयका साथै अस्पतालको सेवा पनि प्रभावकारी बनाउन आफू लागिपर्ने उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया