१ लाख रुपैयाँ लुटेर भागेका २ युवा पक्राउ

 कात्तिक १, २०८० बुधबार १८:१०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङमा आज बुधवार दिउँसो १ लाख रुपैयाँ लुटेर भागेका २ युवा पक्राउ परेका छन् । तुलसीपुरबाट १ लाख रुपैयाँ लुटेर भागेका २ युवालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ सम्झना टोलका २१ वर्षीय आयुष विक र १८ वर्षीय सुनिल मगर रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुर–८ का दिनेश वलीले बैंकबाट पैसा निकाले लगत्तै पिछा गरी उनीहरूले लुटेका थिए । पैसा लुटिएकाे खबर पाउनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुर, नयाँ बसपार्क र बेलुवा प्रहरी चौकीबाट प्रहरी परिचालन भएको थियो । तीन तर्फबाट प्रहरीले घेरा हालेर लुटेराको खोजी थालेको थियो ।

प्रहरीले पिछा गर्दै जाने क्रममा तुलसीपुर–१० राइखल्यान क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया