अटाे रिक्सा दुर्घटना हुँदा दाङमा १ जनाकाे ज्यान गयाे, एकै परिवारका ४ घाइते

 कात्तिक ४, २०८० शनिबार १६:१८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङकाे बङ्गलाचुीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ भने चार जना घाइते भएका छन् ।

बंगलाचुली गाउँपालिका–५ झेलखोलमा रा १ ह २४०१ नम्बरकाे अटो रिक्सा दुर्घटना हुँदा त्यही ठाउँका ५५ वर्षीया विवा बुढा मगरको ज्यान गएको इलाका प्रहरी कार्यालय कमिरेचौरका प्रहरी सहायक निरीक्षक सहदेव योगीले जानकारी दिनुभयो ।  

दुर्घटनामा झेलखोलका एकै परिवारका चार जना घाइते भएका छन् । घाइते हुनेहरूमा ३६ वर्षीय मतिराम बुढा, ३० वर्षीय ऋखिराम बुढा, ४० वर्षीय मानबहादुर बुढा र २६ वर्षीय हिरा घर्ती रहेका छन् । उनीहरूकाे उद्धार गरी उपचारका लागि राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराही पठाएकाे प्रहरी सहायक निरीक्षक योगीले बताउनुभयाे । झेलखोल गाउँबाट बङ्गलाचुली–५ मुर्कुटी बजार आउँदै गर्दा अटो रिक्सा दुर्घटनामा परेको हो ।

अटो रिक्सा चालक प्युठानकाे माण्डवी गाउँपालिका–२ का गेमबहादुर पुनलाई प्रहरीले पक्राउ गरेकाे छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया